काठमाण्डौ, अमेरिकाको रेडफोर्ड युनिभर्सिटीको यूएस सेन्सस् डाटाको एकेडेमिक्सको तर्फबाट जारी गरिएको अध्ययनमा केही यस्ता जागिरहरुको बिषयमा बताइएको छ, जहाँ सम्बन्धबिच्छेदको संभावना ज्यादा रहन्छ । रिपोर्ट अनुसार अध्ययनको क्रममा यस्ता कुल ८ जागिर पाइयो, जसमा सम्बन्धबिच्छेदको संभावना ३० प्रतिशत वा त्यो भन्दा पनि माथि नै रहेको छ । आउनुहोस् जानौं ती जागिर९नोकरी०को बिषयमा ।

जागिर १ः डान्स र कोरियोग्राफर

डान्स वा केरियोग्राफरको काम कुनै बार, पार्टी वा कुनै शोमा डान्स गर्नु, सिकाउनु, कोरियाग्राफी गर्नु हो । यो जागिरमा सम्बन्धबिच्छेदको सबैभन्दा धेरै संभावना हुने अध्ययनले देखाएको छ । यो काम गर्नेहरुको सम्बन्धबिच्छेदको संभावना ४३।०५ प्रतिशत रहने देखिएको छ ।

जागिर २ः बारटेण्डर

यो जागिर खाने मानिसहरुको मुख्य काम कुनै पार्टीमा रक्सी वा बियर९पेय पदार्थ० पस्कने वा सर्भ गर्ने हुन्छ । यो जागिरमा सम्बन्धबिच्छेदको संभावना ३८।४३ प्रतिशत रहन्छ ।

जागिर ३ः मसाज थेरापिस्ट

यो जागिर खानेहरुको काम पार्लर वा होटलमा मानिसहरुको मसाज गर्नु हुन्छ । यस्तो जागिर खाने मानिसहरुको सम्बन्धबिच्छेद हुने संभावना ३८।२२ प्रतिशत रहने अध्ययनले देखाएको छ ।

जागिर ४ः गेमिङ केज वर्कर

यो जागिर खानेहरुको काम जूवाघर वा क्यासिनोमा मानिसहरुलाई सर्भिस दिनु हो । अध्ययनले यस्तो काम गर्नेहरुको सम्बन्ध बिच्छेदको ३४।६६ प्रतिशत संभावना देखाएको छ ।

जागिर ५ः मेसिन अपरेटर

यो जागिर खानेको काम कुनै मेसिनलाई चलाउने र त्यसमा निगरानी गर्ने हुन्छ । यो जागिर खाने मानिसको सम्बन्धबिच्छेदको संभावना ३२।७४ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

जागिर ६ः गेमिङ सर्भिस वर्कर

यस्तो खालको जागिर खाने मानिसको काम जूवाजन्य तथा अन्य खेलसँग सम्बन्धित सेवा दिनु रहन्छ । यो जागिर खाने मानिसको सम्बन्धबिच्छेदको संभावना ३१।३४ प्रतिशत रहने अध्ययनको क्रममा देखिएको छ ।

जागिर ७ः फ्याक्ट्री वर्कर

यो जागिरमा रहेका मानिसहरुको मुख्य काम कुनै पनि प्रोडक्सन कम्पनीमा जोडिएर आफ्नो सेवा दिनु९श्रम गर्नु० हो । यो काममा सम्बन्धबिच्छेदको संभावना २९।७८ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

जागिर ८ः टेलिफोन अपरेटर

यो जागिर खानेहरुको काम विभिन्न दूरसंचार सेवा प्रदायक कम्पनीको कल सेन्टरमा बसेर ग्राहकहरुसँग डिल गर्नु हो । अध्ययनले यो जागिर खानेहरुको सम्बन्धबिच्छेद हुने संभावना २९।३० प्रतिशत रहने देखाएको छ ।
(नोटः यो अध्ययन अमेरिकामा गरिएको हो । यसमा केही यस्ता जागिर पनि सामेल छन्, जो नेपालमा चर्चित छैनन् वा यहाँका मानिस यस्तो बिषयमा बिल्कुल जान्दै जान्दैनन् ।)

तपाईको प्रतिक्रिया