काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय भएकाे जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका सबैको हवाई टिकटभने सरकारले नै व्यहोर्नेरउपचार खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिए।भ्रमण टोलीमा रहेका कर्मचारी बाहेक कसैको आतेजाते र आवास खर्च नव्यहोर्ने मन्त्री बाँस्कोटाले बताए।
प्रधानमन्त्री ओली शनिबार राति स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए।उनको नेशनल युनिभर्सिटी अस्पतालमास्वास्थ्य परीक्षण हुनेछ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन्। उनी एकसातासम्म अस्पतालमै रहनेछन्।

तपाईको प्रतिक्रिया