काठमाण्डौ, हिजोआज युवापुस्तामा निकै तीव्रताका साथ मोबाइल फोनको क्रेज बढ्दै गएको छ । तर बढ्दो क्रेज उनीहरुको स्वास्थ्यका लागि निकै खतरनाक साबित भइरहेको छ ।

एकातिर मोबाइलले मानिसको जीवनी निकै सहज बनाइरहेको छ । अर्कोतर्फ हदभन्दा बढी मोबाइल प्रयोगले स्वास्थ्यमा हुने साइड इफेक्ट्सहरुका घटनाहरु पनि आइरहेका छन् ।

विश्वमा अहिले मोबाइलको बढ्दो प्रयोग र यसबाट हुने सम्भावित घटनाहरुका बारेमा दिनहुँजसो नयाँ–नयाँ अध्ययन अनुसन्धान भइरहेका छन् । हालैको एउटा अनुसन्धानले जसले एक दिनमा पाँच घन्टाभन्दा बढी स्मार्टफोनमा समय बिताउँछ उसमा क्यान्सर, डायबटिस, मोटोपन, मुटुमा समस्याजस्ता रोगको खतरा ज्यादै हुने सक्ने देखाएको छ ।

क्यालिफोर्नियाको सिमन बोलभर युनिभर्सिटीले हालै गरेको शोधका अनुसाधार दिनभर मोबाइल ५ घन्टा समय बिताउँदा विभिन्न खाले क्यान्सर, डायबटिज, मुटुको रोग, मोटोपनको खतरा ४३ प्रतिशत बढेको देखाएको छ । यसको मुख्य कारण भनेको मोबाइलमा लगातार समय बिताउँदा युवाहरु जिम नजाने तर खाना अत्यधिक खाने गर्छन् ।

शोधकर्ताले अनुसन्धानमा एक हजार ६० जना विद्यार्थीलाई समावेश गरेका थिए । जसमा सात सय छात्रा र तीन सय ६० छात्रा थिए । उनीहरुको उमेर औसतमा १९–२० थियो ।

अनुसन्धानबाट पत्ता लाग्यो कि दिनमा पाँच घन्टाभन्दा बढी मोबाइल फोन प्रयोग गर्ने ४३ प्रतिशत विद्यार्थीमा यी सम्भावित रोगको जोखिम पनि बढाइरहेका छन् ।

मोबाइल फोनमा धेरै समय बिताउने बालबालिकामा गतिहीन व्यवहार देखिने खतरा पनि बढ्दै गएको अनुसन्धानले देखाएको छ । त्यस्तै उनीहरुको शारीरिक विकासमा अप्रत्याशित नतिजा पनि देखिन थालेको छ। – एजेन्सी

तपाईको प्रतिक्रिया