काठमाडौं, १२ साउन । गायक संगम सेर्मा लिम्बू र गायिका गंगा फियाक लिम्बूले लिम्बू पालाम ‘साम्याङफुङ चेल्लेङ’ लिएर आएका छन् ।

सुवर्ण नेम्बाङ यम्बेको रचना र यादन नुनाम सेर्माको संगीत रहेको पालामलाई मनि ताम्लिङले एरेन्ज गरेका हुन् ।

भिडियोमा समेत ढालिएको यस पालाममा राम योङहाङ लिम्बू र जुनु लिम्बूले अभिनय गरेका छन् ।
चन्द्रबहादुर लिम्बुले निर्माण गरेको भिडियोमा सुमन मोक्तानको छायांकन, कृष्ण सुवेदी र मेरिना लिम्बूको श्रृङ्गार, विकास दाहालको सम्पादन र लोकेन साम्बा लिम्बूको निर्देशन रहेको छ ।

भिडियो सिमिक्लुङ दर्पणको च्यानलमार्फत हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया