मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल मन्ट ब्लांकको सफल आरोहण गरेकी छिन्। उनले मंगलवार यो हिमालको सफल आरोहण गरेकी हुन्। यो हिमालको उचाइ ४ हजार ८ सय १० मिटर रहेको छ।
नेपाल र फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन्। श्रृङ्खला यस कार्यक्रमकी सद्भावना दूत समेत हुन्। गत पुसमा फ्रान्समा युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा उनलाई सद्भावना दूत नियुक्त गरिएको थियो।
नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष अप्रिलमा २० मा पूरा भएको छ। बेलायत, अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो फ्रान्स। यही अवसरमा दुबै देशले वर्ष भरी विभिन्न कार्यक्रम गरी स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छन्।
सोही अवसरमा सद्भावना दूत श्रृङ्खलाले फ्रान्स र इटालीको सीमा रहेको हिमाल आरोहण गरेकी हुन्।
श्रृङखलाका साथमा फिल्म मेकर सिसम बानियाँ र प्रज्वल थापा मगरले पनि ब्लांक हिमाल आरोण गरेको फ्रान्सेली राजदूतावासले जनाएको छ। उनीहरुलाई हिमाल आरोहणमा आरोही अन्सेल्म बड र सिसि हर्जोगले गाइड गरेका थिए।


श्रृङखलाका साथमा फिल्म मेकर सिसम बानियाँ र प्रज्वल थापा मगरले पनि ब्लांक हिमाल आरोण गरेको फ्रान्सेली राजदूतावासले जनाएको छ। उनीहरुलाई हिमाल आरोहणमा आरोही अन्सेल्म बड र सिसि हर्जोगले गाइड गरेका थिए।

आरोहणबाट फर्किएर खतिवडाले विश्व विख्यात साइकल र्‍याली टुर दे फ्रान्समा समेत भाग लिने छिन्। उनले र्‍यालीमा सम्मानित अतिथिका रुपमा भाग लिने छिन् भने साइकल चालकहरुसँग छलफलमा भाग लिनेछिन्। उनी जुलाई २८ तारिखमा टुर दे फ्रान्सको पेरिसमा हुने समापन समारोहमा पनि भाग लिनेछिन्।
उनको यो फ्रान्स भ्रमण सद्भावना भ्रमण हो फ्रान्समा नेपाल चिनाउनका लागि आयोजना गरिएको हो। -एजेन्सी

तपाईको प्रतिक्रिया