सोनाक्षी सिन्हाले बलिउडमा काम गर्न थालेको ९ वर्ष बितिसकेको छ।

सिनेमाका कारण चर्चामा आएपनि उनी आफ्ना व्यक्तिगत सम्बन्धका कारण अन्य समकालिन अभिनेत्रीहरू जस्तो चर्चामा आइनन्।

उनका समकालिनहरूको नाम आफ्नै समकालिनहरूसँग जोडिदा उनको नाम भने कहिल्यै जोडिएन।

नाम नजोडिए पनि सोनाक्षीले आफूले एक जना सेलिब्रेटीलाई डेट गरेको खुलासा गरेकी छन्। उनले डेट गरेपनि त्यसबारेमा कसैलाई कुनै जानकारी नरहेको बताइन्।

हालै एक शोका दौरान उनलाई सिनेमा उद्योगकै व्यक्तिलाई डेट गर्ने बारेमा धारणा दिने क्रममा उनले सोको खुलासा गरेकी हुन्।

मेरो बाबुआमाको इच्छा मैले कुनै भद्रभलाद्मी र सुशिल केटालाई डेट गरोस् भन्ने थियो र बलिउडमा त्यस्तो त कोही छैनु उनले भनिन्।

यसैक्रममा उनले कुनै सेलिब्रेटीलाई डेट गरेको खुलाइन्।

मैले एउटा स्टारलाई डेट गरेको थिएँ र संसारलाई यसको बारेमा केहि थाहा छैन।

सोनाक्षीले यति मात्र खुलासा गरिन् र डेट गरेको मान्छेको नाम खुलाइनन्।

उनले डेट गरेको स्टारको नाम नखुलाएपनि उनको नाम बन्टी सजदेहसँग जोडिएको थियो।

त्यस्तै उनले बिहेको खबरलाई फगत एउटा हल्लामात्र भएको बताउँदै बिहे गर्नेभएपछि सार्वजनिक रूपमै भन्ने पनि बताइन्।

तपाईको प्रतिक्रिया