काठमाडौं । नेपालमा १५०÷१६० सीसी सेग्मेन्टका मोटरसाइकल अन्तर्गत सुजुकी जिक्सर, यामाहा एफजेडएस भी २, टीभीएस अपाची आरटिआर १६० फोर भी मोटसाइकलको बिक्री बितरण भइरहेको छ ।

आकर्षक ब्रेक, ह्यान्डेलिङ क्षमता, बटर स्मुथ गियरबक्स, पन्ची इन्जिन लगायतका बिशेषताका कारण यी मोटरसाइकल ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।

इन्जिन, फिचर, मूल्यमा निक्कै समानता रहेको रहेका यी बाइक मध्य नेपाली बजारमा यामाहा एफजेडएस सबै भन्दा धेरै बिक्री भएको छ भने क्रमश अपाचे आरटीआर १६० ४ भी दाश्रो र जिक्सर तेश्रो नम्बरमा रहेको छ । यी मोटरसाइकलबारे जान्नै पर्ने केही तथ्य यस प्रकार छन् ।

इन्जिन

सुजुकी जिक्सर १५५मा एयर कुल्ड एसओएचसि टु भल्भ इन्जिन लगाइएको छ । यसले ८ हजार आरपीएममा १४।१ पीएस पावरका साथै ६ हजार आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

टीभीएस १६० फोर भीमा १५९।७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसले १६।५ पीएस पावर ८००० आर पीएममा र १४।८ एनएम टर्क ६५०० आरपीएममा जेनेरेट गर्छ । कम्पनीका अनुसार पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियर बक्स रहेको छ । यो सेग्मेन्टमा सर्वाधिक पावर जेनेरेट गर्ने क्षमता भएको बाइक हो ।

यस्तै, यामाहा एफजेडएस भी २ मोटरसाइकलमा उपलब्ध १४९ सिसी एयरकुल्ड एसओएचसी दुर्इ भल्भ इन्जिनले ८ हजार आरपिएममा १३।२ पिएस पावरका साथै ६ हजार आरपिएममा १२।८ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

स्पेशिफिकेशन र तौल

टीभीएस १६० फोर भीको तौल १४९ किलोग्राम रहेको छ। यसको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम र उचाई १०५० एमएम रहेको छ । यसमा १३५७ एमएमको ह्वीलवेश लगाइएको छ भने, १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको सिट हाइट ८०० एमएम रहेको छ ।

सुजुकी जिक्सर १५५ को लम्बाई २०२० एमएम ,चौडाइ ८ सय एमएम र उचाई १०३५ एमएम रहेको छ । १३५५ एमएमको ह्वीलवेश र १६० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको तौल १४० किलोग्राम रहेको छ । यसको सिट हाइट ७९५ एमएम रहेको छ ।

यस्तै, यामाहा एफजेडएस भी २ को लम्बाई १९९० एमएम, चौडाइ ७८० एमएम र उचाई १०८० एमएम रहेको छ । १३७ किलोग्रामको यस मोटरसाइकलमा १३३० को ग्राउन्ड क्लियरेन्स र १६५ एमएम ह्वीलवेश दिइएको छ । यसको सिट हाइट ७९० एमएम रहेको छ ।

विशेषता

यामाहा एफजेडएस भी २ मा बडी ग्राफिक्स, पास स्विच, डिजीटल स्पिडोमिटर, डिजीटल ट्रीपमिटर, डिजीटल फ्युल इन्डीकेटर, सेटअप सिट, प्यासेन्जर फुटरेस्ट तथा फ्ल्याट टायर लगायतका विशेषता दिइएको छ ।

टीभीएस १६० फोर भी मा रेसिंग डबल ब्यारल एक्जस्ट, रोट्रो पेटल डिस्क ब्रेक, फुल्ली डिजीटल स्पीडोमिटर, फोम इन प्लेस सिट, अग्रेशिप ट्यांक कावल, अग्रेशिप हेडल्याम्प, इन्जिन कावलको जस्ता विशेषता दिइएको छ ।

सुजुकी जिक्सर १५५ मा स्पोर्टी टेल प्यानल, डबल स्पोर्टी साइलेन्सर, मोनो सस्पेन्सन, डिजिटल मिटर, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक तथा डिस्क ब्रेक, एलइडी हेडलाइटजस्ता सुविधा रहेका छन् ।

मूल्य

नेपाली बजारमा यी तिनै बाइकको मूल्य समान २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया