टोकियो – रोजगारीका लागि जापान आएका एक नेपाली युवाको निधन भएको छ । ३ वर्ष अगाडि यहाँ आएका बाग्लुङ गल्कोटका ४० वर्षीय भविलाल घर्तिको रेलभित्रै हृदयघात भएर मृत्यु भएको हो ।

शनिबार राती काम सकेर घर फर्कने बेलामा साईतामा केनमा रेलभित्रै उनी बेहोस भएका थिए । लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याएपनि डाक्टरहरूले घर्तिलाई मृत घोषणा गरेको ग्लकोट समाज जापानका संस्थापक बेलुकाजी थापाले बताए ।

उनको मृत्युको कारण हृदयघात नै भएको अस्पताल श्रोतले रिपोर्ट दिएको छ ।

श्रीमतीको साथमा जापानमा बस्दै आएका घर्ती कुक भिसामा काम गर्थे । उनका दुई छोरा भने नेपाल घरमै छन् ।

उनी भारतीय सैनिकबाट अवकाश प्राप्त गरेपछि जापान आएका थिए ।

मृतक घर्तीको अन्तिम दाहसंस्कार जापानमै गरिने तर, अहिलेसम्म समय र स्थान तय नभैसकेको ग्लकोट समाजका उपाध्यक्ष विनोद भण्डारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया