काठमाडौं – खोटाङमा जन्मिुनु भएकी अस्मिता जुरेली झट्ट हेर्दा उनी कुनै पनि ‘एंगल’बाट ‘रेस्लर’ जस्तो देखिन्नन् । तर जुरेलीले ‘रिङ’ मा भने आफ्नो परिचय चौडा बनाइसकेकी छन् । उनलाई रेस्लिङसँगै कलाकारिता पनि लैजानु छ ।

सरल व्यवहार, दृढ आत्मविश्वास, फराकिलो सोच र सपनाका धनी जुरेली सानै देखि गाउन र नाच्नमा सौखिन, माध्यमिक शिक्षा गाउमै सकाएर उच्च शिक्षा हासिल गर्न सपनै सपनाको शहर काठमाडौको यात्रा तय गरिन् । बिरानो ठाउँमा पाइला टेक्दा जति नर्भस थिइन् त्यति जिज्ञासु पनि । तर नेपालको पहिलो महिला रेस्लर भगवती खड्कासँग उनको भेट भए पछि बाटोले अर्कै मोड लियो । त्यसपछि भरतबहादुर विसुराल ‘हिमालयन टाइगर’ सँग रेस्लिङ–कला सिकिन । अस्मिताबाट ‘जुरेली’ बनिन् । र गाँसियो ‘रिङ’सँग सम्बन्ध ।

उनि भन्छिन् पहिलो खेल नै आफु भन्दा दुइ गुणा ठूलो ज्यान भएको संग खेलेको यति ठूलोसंग खेल्न सक्छे भनेर कसैले पत्याएका थिएनन् , तर मलाई ठूलोसंग खेल्दा नै मज्जा लाग्छ । तीन वर्षको अथक प्रयास पछि महिला रेस्लिङ फाउण्डेशन स्थापना गरिएको उनी सम्झन्छिन् । अहिले काठमाडौं शान्तिनगरमा सरकारी जग्गा भाडामा लिएर ट्रेनिङ सेन्टर चलेको छ । आफैले रोजेको पेशा हो, मलाई नपत्याउने पनि धेरै छन्, मैले प्रमाणित गरेर देखाउनु छ । रेस्लिङ मै उठबस गर्छु रेस्लिङबाट भाग्दिन’ उनले भनिन् ।

स्वास्थ्यको दृष्टिकोणले रिक्स् छ । शरिर स्ट्रङ बनाउन पनि डाटिङ मा ध्यान दिनु पर्छ, ड्रेसप पनि उस्तै चाहिन्छ त्यसैले अन्य खेल भन्दा रेस्लिङ खर्चिलो हुने उनी बताउछिन् ।

केही म्यूजिक भिडियोमा समेत आफ्नो अभिनय निभाइसकेकी जुरेली पछिल्लो समयमा ‘कोपिला’ फिल्ममा पनि आफ्नो अभिनय रहेको बताइन् ।

भिडियो ……………….

तपाईको प्रतिक्रिया