काठमाडौं – च्याम्पियन्स लिगमा अप्रत्याशित हार व्यहोरेको बार्सिलोनाले अहिलेसम्म त्यो शोक बिर्सिन सकेको छैन । यो ठूलो असफलतापनि बार्साले अहिले टिममा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ । अहिले बार्साले सबैभन्दा धेरै महत्व लेफ्ट ब्याक र मिडफिल्ड पोजिसनलाई सबैभन्दा धेरै महत्व दिएको छ । यसका लागि बार्साले लियोनका दुई खेलाडी फरल्याण्ड मेण्डी र ट्याङगुइ डोम्बेलेलाई लक्ष्य बनाएको फक्स स्पोर्टसले जनाएको थियो ।

यही बीचमा बार्सिलोनाको कट्टर प्रतिद्वन्द्वी रियल मड्रिडले पनि यिनै दुई खेलाडीलाई आफ्नो क्लवमा ल्याउन छलफल अगाडि बढाएको छ । जोर्डी अल्बाको लागि राम्रो ब्याकअप चाहिएको क्लवको धारणामा सहमत कप्तान लियोनेल मेस्सीले पनि फरल्याण्ड मेण्डी राम्रो विकल्प हुने मानेका थिए । अर्कोतर्फ डोम्बेले पनि लियोनका लागि यो सिजन निकै प्रभावकारी साबित भएका थिए । डोम्बेले इभान राकिटिकले क्लव छाडेको अवस्थामा उनको राम्रो विकल्प हुन सक्थे ।

बार्सिलोनाको चाहना भए पनि यी खेलाडीले भने बार्सा आउने प्रस्ताव अस्वीकार गरेको समाचारमा जनाइएको छ । यी दुवैले बार्साको सट्टा रियल मड्रिड जान चाहेको बताइएको छ । मेण्डीले मार्सेलोको लागि प्रतिस्पर्धी बन्न चाहेको र जिदानले सर्जियो रेगुइलनलाई विश्वास नगरेकोले उनको रिप्लेसमेन्ट बन्न चाहेको समाचार छ । अर्कोतर्फ डोम्बेले मिडफिल्डको लागि पउल पोग्बा वा एरिक्सनको सट्टामा सस्तो विकल्प हुन सक्छन् ।

लियोनले यी दुईलाई १२० मिलियन युरोमा बेच्न चाहेको बताएको छ । यद्यपि रियलले यो मूल्य धेरै मानेको छ तर कोच जिदानले भनेको अवस्थामा भने रियल यो मूल्य तिर्न पनि तयार हुनेछ । बार्साको छनोट प्रक्रियामा मेस्सीको प्रभावका कारण पनि यी दुईले बार्सा जान अस्वीकार गरेको हुन सक्छ । अर्कोतर्फ जिदानसँग एउटै देशका भएकाले पनि उनीहरु जिदानतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया