आफ्नो काममा गर्भका साथ लागे मात्र सफल भइन्छ, यदि काम गर्दा खिन्नता र लाज लाग्छ भने त्यो कामलाई आजै छोडौँ । हरेक नेपाली महिनाको १ गते र १५ गते प्रस्तुत हुने गरी युट्युब नेपालले तयार पारेकोे युट्युब कार्यक्रम फरक पाईलाको पहिलो अंक आज चैत्र १ गते युट्युब नेपालको च्यानलमा आइसकेको छ । यस कार्यक्रममा प्राकृतिक सम्पदाहरु, कला, सहित्य र सस्ंकृतिहरु, ऐतिहासिक तथा पुरातत्विक सम्पदाहरु, पौरखी र मेहनती हातहरु साथै आम मानिसको कथालाई छोटो वृत्तचित्र, अन्तरवार्ता तथा जीवन भोगाईहरु समेटेर तयार पारिनेछ ।

बाख्रा पालक कृषकहरुलाई लक्षित गरेर तयार पारिएको फरक पाईलाको पहिलो अंकमा चन्द्रागीरि नगरपालिका १५ का विष्णु कार्कीको कुरा बुझ्ने बाख्राहरुको कथा र उहाँको जीवन भोगाईको बारेमा भिडियो तयार पारिएको छ । शिक्षकदेखी जीवनमा थुप्रै व्यावसाय गरेको विष्णु कार्कीले सात वर्ष अगाडी दिन बिताउनलाई ८ वटा बाख्रा घरको छतमा पालेर सुरु गर्नु भएको उहाँको बाख्रा फर्ममा अहिले तीन प्रजातीका १०० हाराहारीमा लोभलाग्दा बाख्राहरु छन् ।

सरसफाई देखि बाख्राको स्याहार सुसार र उपचार समेत बिष्णु कार्की आफै गर्छन । नेपाली युवाहरु नेपालमा काम गर्न लजाउने भएकोले उहाँले राम्रै सुविधा दिदा पनि काम गर्ने मान्छे पाईएन भन्नुहुन्छ । उहाँको फर्ममा धेरै ठाँउबाट सल्लाह सुझावको लागी मानिसहरु आउने गर्छन् । नेपालको वातावरण बाख्रा पालनको लागी उपयुक्त भएकोले सम्पुर्ण युवाहरुलाई यसमा प्रोत्साहन दिनुहुन्छ ।

तपाईको प्रतिक्रिया